
पेल्काचौर बासी सबै साथी-भाईहरुलाई अर्को यो खुशीको खबर!
बडा दशैं पुर्णिमाको पावन अवसरमा हरेक वर्ष झैँ,यो बर्ष पनि श्री मनकामना युवा क्लब पेल्काचौर वार्ड नम्बर १ र २ द्वारा बृहत भलिबल प्रतियोगिता एबं साँस्कृतिक साँझ को आयोजना हुन गई रहेको ले पेल्काचौर बासी केही बुद्धि जिबी एबं समाजसेबी हाम्रा मित्र हरुले विदेश बाट यस बृहत भलिबल प्रतियोगिताको लागी प्रथम, दितिय र तृतीय पुरस्कार हरुको स्पोंसोर गरि दिनु भएको छ ! हाल तेस्रो पुरस्कारका लागी दोबाटा निवासी श्री मन बहादुर गुरुङको छोरा कृष्ण गुरुङ ( कोरिया ) ले रु ५०००/-हजार रुपया दिनु भएको छ र सिम्ले गाउँको पूर्व खेलाडी श्री किशोर गुरुङ ( बहराइन )ले बेस्ट प्लेयर को लागी कप र झरसी दिएर सहयोग गर्नु भएको छ ! वहाहरुलाई हामी सम्पूर्ण श्री मनकामना युवा क्लब पेल्काचौर वार्ड नम्बर १ र २ को तर्फ बाट हार्दिक साधुबाद, वहाको हरेक मनका इच्छा र अकांछा श्री मनकामना देवीले पुरा गरुन, वहाहरुको सुखद भबिस्य र सु -स्वस्थाको हार्दिक मंगलमय शुभकामना !!
आयोजक समिती
श्री मनकामना युवा क्लब पेल्काचौर
No comments:
Post a Comment